Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आगामी बैशाख १६ गते देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

आगामी बैशाख १६ गते देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी


  • 3.0K
    Shares

    • images
    आगामी बैशाख १६ गते देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
    images

    काठमाडौँ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको हो।

    हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ। 

    त्यहीअनुसार धनुषाको मिथिला नगरपालिकाले आम औषधि सेवन अभियान सम्बन्धी पालिकास्तरीय योजना तथा बहुनिकाय गोष्ठी सञ्चालन गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई पूर्ण सफल बनाउन तयारी सुरु गरेको छ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १५:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij