Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

प्रहरी हुँ भन्दै ६१ लाख डलर ठग्ने महिला पक्राउ

प्रहरी हुँ भन्दै ६१ लाख डलर ठग्ने महिला पक्राउ


  • 2.3K
    Shares

    प्रहरी हुँ भन्दै ६१ लाख डलर ठग्ने महिला पक्राउ
    images

    काठमाडौ ।  प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिसँग मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

    पछिल्लो पटक एक पीडितले प्रहरीलाई गराएको जानकारीअनुसार ती महिलाले आफूलाई मुख्यभूमिको सार्वजनिक सुरक्षा अधिकारी भएको दाबी गर्दै पीडकलाई सम्पत्ति शुद्धीकरणको छानबिनमा परेको फोनमार्फत बताएकी थिइन्।

    जब उनी पीडितसामु पुगिन् हङकङ प्रहरीको नक्कली वारेन्ट कार्ड देखाएर पीडितलाई विश्वासमा लिने प्रयास गरिन् र गोप्यताको पेपरमा हस्ताक्षरका लागि आग्रह गरिन्।

    यस अवधिमा उनले पीडकलाई आफ्नो फोन नम्बर दिँदै पीडकको फोन नम्बर तथा बैंक खाताको विवरण उपलब्ध गराउन समेत भनेकी थिइन्।

    तर, पीडितले घटना शंकास्पद महसुस गरी प्रहरीको एन्टी-फ्रड अनलाइन ब्राउज गरे र मद्दतको लागि आग्रह गरे। यहीँबाट ठगीको पर्दाफास भएको थियो।

    पछिल्लो पटक बुधबार पीडितले महिलालाई भेट्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेकी २४ वर्षीया महिलाले आफूलाई वेट्रेस भएको दाबी गरेकी छन्।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला अन्य पाँच वटा यस्तै प्रकृतिका घटनामा संलग्न रहेको खुलेको छ।

    उनले यसअघि २२ देखि ६७ उमेर समूहका एक पुरुष र चार महिलासँग कुल ६१ लाख ५० हजार हङकङ डलर ठगी गरिसकेको खुल्न आएको हो। द स्ट्यान्डर्ड

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १२:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij