Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको नाफा २४.४० प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ? 

तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको नाफा २४.४० प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ? 


  • 2.5K
    Shares

    तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको नाफा २४.४० प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ज्योति विकास बैंक लिमिटेडको नाफा २४.४० प्रतिशतले घटेको छ । 

    बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा २० करोड १६ लाख रूपैयाँभन्दा बढी नाफा आर्जन गरेको यस बैंकको नाफा चालु आर्थिक बर्षको सोही अवधीसम्ममा २४ प्रतिशतसम्म घटेर १५ करोड २४ लाख रूपैयाँमा सिमित भएको हो । 

    यस बर्षको तेस्रो त्रैमाससमममा बैंकको इम्पेरेमेन्ट चार्ज बढेकाले सञ्चालन नाफासँगै खुद नाफामा असर परेको देखिएको हो । गत वर्ष ७१ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्षको तेस्रो त्रैमाससम्ममा ८३ करोड २ लाख रूपैयाँभन्दा बढी रहेको हो ।

    यस्तै, तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य २८ करोड ६६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । सञ्चालन नाफा यस वर्ष गत वर्षभन्दा २३.३१ प्रतिशतले घटेर  २२ करोड रूपैयाँ पुगेको छ । 

    हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग २८ करोड ६६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ५० करोड ३३ लाख रूपैयाँभन्दा बढी रहेको छ । 

    यस वर्षभन्दा कम्पनीले ६३ अर्ब ४२ करोड ५४ लाख रूपैयाँ निक्षेप संकलन गरेकोमा ५० अर्ब ७३ करोड १३ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष बढेर ४ दशमलव ९७ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी ४ रूपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रूपैयाँ २० पैसा रहेको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - ०७:१४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij