Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

नेपाल एसीसी प्रिमियर कप : आज कतारसँग सामाना गर्दै

नेपाल एसीसी प्रिमियर कप : आज कतारसँग सामाना गर्दै


  • 2.7K
    Shares

    नेपाल एसीसी प्रिमियर कप : आज कतारसँग सामाना गर्दै

    काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज (शनिबार) नेपालले कतारको सामना गर्दैछ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

    नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।

    त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।

    जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,  कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।    

    प्रकाशित मिति :बैशाख १ २०८१ शनिवार - १०:१०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij