Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कौशला लामिछानेको छैटौं स्मृति दिवस सुसम्पन्न

कौशला लामिछानेको छैटौं स्मृति दिवस सुसम्पन्न


  • 11.0K
    Shares

    कौशला लामिछानेको छैटौं स्मृति दिवस सुसम्पन्न

    कौशला लामिछानेको छैटौं स्मृति दिवस तथा उनैद्वारा लिखित कथा सङ्ग्रह 'आमा भएको भए'को लोकार्पण कार्यक्रम राजधानीको स्वयम्भूस्थित होटल च्वाइसको प्रेक्षालयमा आज शनिबार सुसम्पन्न भएको छ ।

    162713658_430989997969845_7838064345467839532_n.jpg

    वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य तथा विख्यात नियात्राकार युवराज नयाँघरेको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बलराम दाहाल, भैरवी भूगोल, निर्भीकजङ रायमाझी, नारायण निरासी, श्रीहरि फुयाँल, रेजिना आपागाई, गणेश खतिवडा,प्रभाती किरण, समाश्री, लगायत कवि, कवयित्रीहरूले विशेष रचना वाचन गरेका थिए । कृतिको सङ्क्षिप्त टिप्पणी गर्दै संस्थाका सदस्य माधव घिमिरे 'अटल'ले 'आमा भएको भए' भन्ने आख्यान कृतिको समीक्षा गर्न स्वयम् पाठकहरूलाई जिम्मा दिँदै नवोदित कथाकार तथा युवा पुस्ताले भने यो कृति पढ्नै पर्ने बताए ।

    162694897_188904626087926_7902837484302889874_n.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीले सामाखुसी साहित्य प्रतिष्ठानले नै कौशला लामिछानेको लेखनीलाई गोडमेल गरेको जिकिर गरे । त्यसैगरी विशिष्ट अतिथि युवराज नयाँघरेले दिवङ्गत कौशला लामिछानेसँग भएका भेटघाट, भलाकुसारीको स्मरण गर्दै उनको धारिलो लेखनीको मुक्त कण्ठले प्रशंसा गरे । नयाँघरेले नियतिले उनलाई चटक्क चुँडेर लगेकोमा दुखेसो व्यक्त गरेका थिए । प्रमुख अतिथि माया ठकुरीले कौशला लामिछानेले अलका अस्पतालमा बिताएका अन्तिम दर्दनाक क्षणहरूको स्मरण गर्दै कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरू अब्बल दर्जाका रहेको दाबी गरिन् । उनले सम्भावनाकी खानी कौशलाको अल्पायुमै भएको निधनले नेपाली साहित्य भण्डारलाई अपूरणीय क्षति भएको स्मरण गरिन् ।

    130221903_2909699102591563_5591988374674979423_n.jpg

    आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै कोषका महासचिव, प्रलेसका पूर्व महासचिव, चर्चित कवि तथा समालोचक डङ्गोलले कौशला लामिछानेको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । उनले संस्थाका गतिविधि,अभीष्ट र आगामी योजनाबारे पनि समुपस्थित स्रष्टाहरूलाई अवगत गराए । समापन मन्तव्यका सिलसिलामा कार्यक्रमका सभापति तथा कौशला लामिछाने स्मृति कोषका अध्यक्ष एवं उम्दा नियात्राकार राजेन्द्रमान डङ्गोलले कौशला लामिछानेलाई अविस्मरणीय बनाउन संस्थाले आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिए । १९ वर्षभन्दा मुनिका कृतिकारहरूलाई पुरस्कृत गर्ने, कौशलाका गजल तथा हाइकुहरूलाई पनि क्रमश: प्रकाशित गर्दै जाने संस्थाको योजना रहेको पनि डङ्गोलले खुलासा गरे ।

    162350145_469397554263566_6366001655505858366_n.jpg

    कोषका सदस्य कृष्णकिशु न्यौपानेले सहजीकरण गरेको सो कार्यक्रममा दिवङ्गत कौशलाकी बहिनी मेनका लामिछानेलगायत अन्य अतिथि वक्ताहरूले पनि कौशला लामिछानेको व्यक्तित्व र कृतित्वबारे आआफ्नो धारणा राखेका थिए ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ०८:१०:३८ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij