Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

एसीसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा

एसीसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा


  • 3.8K
    Shares

    एसीसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा

    काठमाडौं । चैत ३० देखि ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ । एसीयाली क्रिकेट काउन्सिल ९एसिसी०ने प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो । 

    नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । भारतमा गएका आकास चन्द नेपाली टिममा छैनन् । 
    नेपाली टिम ः रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह । 

    कपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । टी–२० फम्र्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । 

    खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग १ वैशाखमा, तेस्रो खेल हङकङसँग ३ वैशाख र चौथो खेल साउदी अरेबियासँग ५ वैशाख खेल्नेछ । 

    समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल ७ वैशाख र फाइनल ९ वैशाखमा हुनेछ । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । सन् २०२५ को एसिया कप टी–२० फम्र्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । 

    प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रुपमा लिइएको छ । ओमानमा कप खेलेपछि नेपालले वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिमसँग घरेलु मैदानमा ५ टी–२० खेल्नेछ । त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जानेछ । जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । 

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १५:००:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij