Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

महान्यायाधिवक्तामा सिफारिस भएका बडालको शपथ आइतबार ११ बजे हुने

महान्यायाधिवक्तामा सिफारिस भएका बडालको शपथ आइतबार ११ बजे हुने


  • 6.0K
    Shares

    महान्यायाधिवक्तामा सिफारिस भएका बडालको शपथ आइतबार ११ बजे  हुने

    काठमाडौ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामासँगै सरकारले नयाँ महान्यायाधिवक्तमा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ।

    शुक्रबार दिउँसो महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। खरेलको राजीनामापछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो।

    अधिवक्ता बडालले आफ्नो नाम महान्यायाधिवक्तमा सिफारिस भएको खबर आएको बताए। उनले आफूलाई आइतबार बिहान ११ बजे शपथग्रहणका लागि बोलाइएको बताए।

    ‘नाम सिफारिस भएको खबर आएको छ’, बडालले भने, ‘पर्सि ९आइतबार० बिहान ११ बजे शपथग्रहणका लागि बोलाइएको छ।’

    उनी एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन्।

    नेपालको संविधान २०७२ को धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १६:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij