Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

आयरल्यान्ड वुल्भ्ससँग नेपाल ए को लगातार तेस्रो हार

आयरल्यान्ड वुल्भ्ससँग नेपाल ए को लगातार तेस्रो हार


  • 2.7K
    Shares

    आयरल्यान्ड वुल्भ्ससँग नेपाल ए को लगातार तेस्रो हार

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा प्रज्ती गरेको छ । एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वुल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।

    नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वुल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो । आयरल्याण्ड वुल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए ।

    त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए । त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

    यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एकदिवसीय सिरिज ३-० ले जितेको छ । यस अघि आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको थियो ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १५:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij