Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’


  • 3.0K
    Shares

    आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

    काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका हुन् ।

    तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृङ्खलामा कब्जा जमाइसकेको छ । आज नेपाल ‘ए’ सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।

    नेपालको आजको प्लेइङ ११ मा कप्तान विनोद भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, सहाब आलम, रञ्जित कुमार, रुपेश, रिजन, विकास आग्री छन् ।

    गुजरातसँग भिड्दै नेपाल भारतमा जारी एमएमएस फ्रेन्डसीप कपको उपाधिका लागि आज नेपाली क्रिकेट टोलीले गुजरातसँग खेल्दैछ ।

    लिग चरणका तीन खेलमा जित निकाल्दै नेपाल विजेताका रूपमा फाइनलमा पुगेको हो भने गुजरात दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाबीच प्रतिस्पर्धा भएको थियो ।

    लिग चरणका चार खेलमध्ये तीन खेलमा विजयी भएको नेपाल अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - ०९:२४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij