२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए ।
अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ । यसअघि नेपाल २१ र ४० रनले पराजित भएको थियो ।
यता आयरल्यान्ड पनि जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्न चाहन्छ । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij