२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।
शुक्रबार सुनको मुल्य ५०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार भएको छ ।
यस्तै, चाँदीको मुल्य पनि आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १२ सय ९० रुपैंया रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij