Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

खेलकुद

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई लगातार चौथो सफलता, कमलले लिए दोस्रो विकेट

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई लगातार चौथो सफलता, कमलले लिए दोस्रो विकेट


  • 2.5K
    Shares

    आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई लगातार चौथो सफलता, कमलले लिए दोस्रो विकेट
    images

    काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा कमलसिंह ऐरीले नेपाल ‘ए’ लाई चौथो सफलता दिलाएका छन् । कमलले वुल्भ्सका स्टेफन डोहेनीलाई १४.४ ओभरमा पभेलिएको दिशा देखाए ।

    चोटका कारण दुई वर्ष मैदानबाट बाहिर रहेको कमलले सानदार पुनरागमन गरेको हो । जारी खेलमा कमलले लिएको यो दोस्रो विकेट हो । यसअघि कमलले इनिङको दोस्रो बलमा वुल्भ्सका कप्तान नेइल रकलाई पभेलियनको दिशा देखाए । 

    कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन) मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारीबाट इनिङको पहिलो ओभर नै बलिङ गर्ने अवसर पाएका थिए ।

    खेलमा टस हारेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १५ ओभरको समाप्तिमा चार विकेट गुमाएर १४९ रन बनाएको छ ।

    यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो ।

    नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

    एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

    प्रकाशित मिति :चैत्र १६ २०८० शुक्रवार - १४:१९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij