२०८२ माघ १२ गते सोमवार
काठमाण्डौ । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो ।
उहाँले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उहाँको अवस्था जटिल रहेको उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij