Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल ‘ए’ र आयरल्यान्डबीचको खेल तालिका परिवर्तन (तालिकासहित)

नेपाल ‘ए’ र आयरल्यान्डबीचको खेल तालिका परिवर्तन (तालिकासहित)


  • 3.5K
    Shares

    नेपाल ‘ए’ र आयरल्यान्डबीचको खेल तालिका परिवर्तन (तालिकासहित)
    images

    काठमाडौं । घरेलु टिम नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको ट्वान्टी–२० र एकदिवसीय शृंखलाको खेल तालिका परिवर्तन गरिएको छ ।

    नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला आज (बिहीबार) देखि सुरु हुने तालिका थियो । तर, वर्षाका कारण पहिलो खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका सार्वजनिक गरेको हो ।

    नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले शुक्रबार ट्वान्टी–२० शृंखलाको पहिलो खेल खेल्नेछन् । शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । 

    त्यसपछि आउँदो बुधबारदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

    पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलका निम्ति नेपाल भ्रमणमा रहेको वुल्भ्सले यसअघि नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । 

    खेल तालिका M

    wefg-1711617453.jpg

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १५:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij