Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अनलाइन क्यासिनो खेलाएको आरोपमा ४ जना पक्राउ

अनलाइन क्यासिनो खेलाएको आरोपमा ४ जना पक्राउ


  • 3.2K
    Shares

    • images
    अनलाइन क्यासिनो खेलाएको आरोपमा ४ जना पक्राउ
    images

    काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् ।

    उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद भएका छन् ।

    उनीहरुले क्यास एप, फायरक्रिन एप्लिेकशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

    पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८० मंगलवार - ११:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij