२०८२ माघ १२ गते सोमवार
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारी समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ ।
बिहीवार बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान र संसदीय दलको नेता चयनबारे छलफल हुने बताइएपनि बैठक अन्तिम समयमा स्थगित भएको हो ।
बैठकको तयारी नपुगेकाले स्थगित भएको कार्यकारी सदस्य केशव झाले जानकारी दिए । जसपा पदाधिकारीको अनौपचारिक बैठकले स्थगनको निर्णय लिएको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij