Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बालुवाटारको बैठकमा सहभागी हुन हिँडेका नेपाल पक्षका सांसद् बाटैबाट फर्काइए

बालुवाटारको बैठकमा सहभागी हुन हिँडेका नेपाल पक्षका सांसद् बाटैबाट फर्काइए


  • 6.8K
    Shares

    बालुवाटारको बैठकमा सहभागी हुन हिँडेका नेपाल पक्षका सांसद् बाटैबाट फर्काइए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन हिँडेका माधवकुमार नेपाल पक्षका सांसदहरु बाटैबाट फर्काइएका छन्। उनीहरु बालुवाटार जान निस्किएको केही बेरमै सानेपास्थित हेरिटेज गार्डेन फर्किएका हुन्।

    बिहीबार बिहान हेरिटेज गार्डेनमा बसेको नेपाल पक्षको संसदीय दलको बैठकले एमालेको स्थायी कमिटीमा रहेका बाहेकका सांसद्हरुले प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा सहभागिता जनाउने निर्णय गरेको थियो। सोही अनुसार केही सांसद्हरु बालुवाटार जानका लागि निस्किएका थिए।

    "हामी सिंहदरबार छेउछाउ पुगेका थियौ", सांसद् गणेश पहाडीले भने, "तर यताबाट सहभागिता नजाउने भन्ने खबर पायौं। त्यसैले फर्कियौं।"

    बैठकमा केही सांसदहरुले नेतृत्वको मात्रै होइन, अन्य सांसद्को पनि अडान हुने र त्यसको पनि अर्थ हुने बताएका थिए। "हाम्रो पनि अडान हुन्छु, झपट रावलले भने, "त्यसैले प्रधानमन्त्रीले बोलाएको आजको संसदीय दलको बैठकमा जानु हुँदैन भनेर अडान राख्यौं। त्यसैले नजाने निर्णय भयो।"

    आजको संसदीय दलको बैठकमा सहभागिता नजाउने निर्णय भए पनि अन्य बैठकमा भने जान सकिने रावलले बताए। बैठकका लागि हिँडेका सांसदहरू गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, दीपकप्रकाश भट्टलगायतका सांसद फर्किएका हु्न। 

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १२:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij