२०८२ माघ १५ गते बिहिवार
जनता समाजवादी पार्टी (जसपा) सांसद मञ्जु अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ। जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन भएको छ।
आइतबार बिहान सात बजेर ५५ मिनेट जाँदा सांसद शर्माको निधन भएको सो पार्टीको संसदीय दलका उपनेता नवलकिशोर साहले जानकारी दिए। उनको हृदयाघातको कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपाति सांसद हुन्। २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
जसपा सांसद शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्। उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन्।
जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij