२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२\०८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार ४० करोड ४२ लाख ८० हजार ५१६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३३ करोड ८ लाख ५६ हजार ५६३ रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा २२.१९ प्रतिशतले बढी हो ।
निक्षेप तथा कर्जा प्रवाह बैंकको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ७३ अर्ब २१ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी, बैंकले ५९ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब २८ करोड ४० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ४६ करोड ९ लाख रुपैयाँ रहेको छ ।
बैंकको कुल दयित्व तथा सम्पत्ति ८२ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड ४ लाख रुपैयाँ संचिति रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १६.१० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४६.६० रपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.७५ प्रतिशत रहेको छ । बेस रेट ६.१३ प्रतिशत रहेको छ । इन्ट्रेस्ट रेट स्प्रिट ४.१९ प्रतिशत रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij