Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेपाली कांग्रेस नेता कोइरालाको निधन

नेपाली कांग्रेस नेता कोइरालाको निधन


  • 4.8K
    Shares

    नेपाली कांग्रेस नेता कोइरालाको निधन

    काठमाडौं। नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए ।

    कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।

    पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ । आजै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा अन्त्येष्टि हुने सचिव रेग्मीले जानकारी दिए ।

    उनको अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा डीला सङ्ग्रौला, अमृत अर्याल सहभागी हुने सचिव रेग्मीले बताए । 

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - ११:४२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij