Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रामेछापमा भिषण आगलागी, १४ घर र १२ गोठ जले

रामेछापमा भिषण आगलागी, १४ घर र १२ गोठ जले


  • 2.9K
    Shares

    रामेछापमा भिषण आगलागी, १४ घर र १२ गोठ जले

    रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेका छन्। आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन्। नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन्।

    आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका  प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  आगो निभाउन घटनास्थल पुगेको थियो। अहिले आगो निभाइएको छ। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको  प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए।
     
    आगलागीबाट घरसँगै लत्ताकपडा र  खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ। अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए।

    उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए।

    प्रकाशित मिति :चैत्र २ २०८० शुक्रवार - ०५:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij