Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिक्रियावादीले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन सक्छु : प्रचण्ड

प्रतिक्रियावादीले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन सक्छु : प्रचण्ड


  • 2.7K
    Shares

    प्रतिक्रियावादीले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन सक्छु : प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैलाई आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा पनि लात्ताले हान्नसक्ने बताएका छन्।

    आइतबार दिउँसो ‘शान्ति, प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

    ‘राष्ट्रप्रति इमानदार हुने कुरामा निरन्तर कायम छु, प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको लागि म विश्वसनीय छैन, हुन पनि परेको छैन। आजको दिन हरेक हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ।’

    साथै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेदेखि सहिद परिवारका सदस्यलाई रोजगारी दिने संकल्प समेत गरेका छन्। ‘क्रान्तिकारीजति एक ठाउँमा हुनैपर्छ, अरु कुनै उपाय छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

     

    प्रकाशित मिति :फाल्गुण २१ २०८० सोमवार - १६:११:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij