२०८२ माघ १२ गते सोमवार
काठमाडौ । अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज (बुधबार) देखि २ दिनसम्म ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ।
ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेतारकार्यकर्ता उतार्ने उसको दाबी छ।
भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ। टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ।
भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने नेता रिजालले जानकारी दिएका छन्।
उता ओली पक्षमा रहेका एमाले महासचिव ईश्वर पोखरेलले भने आजको भेलामा सहभागी हुने नेता/कार्यकर्तालाई कारबाही गरिने भन्दै विज्ञप्ति जारी गरी चेतावनी दिएका छन्।
नेपाल पक्षमा रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने आफूहरू कारबाही भोग्न लामबद्ध रहेको प्रतिक्रिया दिएका छन्।
नेकपा नामबारे विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर र यसमा मिसिएका पहिलेकै पार्टी एमाले र माओवादी केन्द्र कायम गरेको छ।
त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसका छन्।
त्यसयता नेकपामा विभाजन देखापरेको हो। अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गरिरहेको छ। यसै क्रममा आज चैत ४ र भोलि ५ गते ललितपुरको हेरिटेज गार्डेनमा छुट्टै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ। यसबाट एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने नेपाल पक्षको योजना छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij