Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्याङ्जामा २७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ

स्याङ्जामा २७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ


  • 8.9K
    Shares

    • images
    स्याङ्जामा २७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ
    images

    स्याङ्जामा २७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ परेका छन्।

    सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) पक्राउ परेका प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार उनले विभिन्न प्रलोभन दिँदै युवतीलाई जंगलमा लगेर बलात्कार गरेका हुन्। युवतीका आफन्तले घर्तीलाई जंगलमा रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

    घटना दुई साताअघि कै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो। ‘यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दोषीलाई कानुनी कारबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने। 

    घर्तीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १०:०१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij