Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध


  • 1.8K
    Shares

    केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
    काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ। कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो।

    केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिइन्।

    विभागले एक जना कैदीबन्दीको लागि तीन हजार ५०० रुपैयाँ उपलब्ध गराएर स्वास्थ्य बीमा गरेको हो। कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उनले बताए। 

    कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताए। उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले एक लाख रुपैयाँ बराबरको उपचार बीमाबाट गर्न पाउने उनको भनाइ थियो।

    यसबाहेक सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ। ३० शैय्याको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागार प्रशासक बस्नेतले बताए।

    कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ। सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर

    सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ। केन्द्रीय कारागार र त्यस मातहत हाल तीन हजार ७२१ कैदीबन्दी छन्। 

    जसअन्तर्गत केन्द्र जेलमा एक हजार ८७३, भद्र जेलमा एक हजार १६७, महिला जेलमा ४५३, बाल सुधार गृह भक्तपुरमा २२८ र ११ नाबालक छन्।

    प्रकाशित मिति :फाल्गुण १७ २०८० बिहिवार - १२:३७:५५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij