Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ !

हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ !


  • 3.3K
    Shares

    हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ !
    images

    काठमाडौँ । जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ अनुदान दिने भएको छ। रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको हो।

    यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो। गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए। १० वडा रहेको नगरपालिकाभरबाट ३०० किसानले प्रस्ताव पेश गरेका थिए। पेश भएका प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० किसानलाई जनही १० हजार रुपैयाँका दरले प्रोत्सान उपलब्ध गराउने भएको हो।

    ‘आधुनिक हाते ट्र्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो’, उनले भने, ‘बालीका लागि आवश्यक मल कम हुने र आधुनिक यन्त्रको प्रयोगले इन्धनको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो।’  मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ। 

    नगरपालिकाभित्र करिब ३०० हाते ट्र्याक्टरलगायत सामग्री खनजोतका लागि प्रयोगमा छन्। आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ। त्यस्तै नगरपालिकाले बिउको रुपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ। मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको नगरपालिकाले बीउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको हो।

    चालु आवमा नगरभरिका २० किसानलाई जनही १० हजार रुपैयाँका दरले प्रोत्साहन उपलब्ध गराउन लागेको ढकालले जानकारी दिए। हलगोरु र राँगा पाल्ने किसानको तथ्यांक तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ।

    जैमिनी नगरपालिकाका बेँसी फाँटमा हाते ट्र्याक्टरको प्रयोग बढ्दो भए पनि लेकका खेतबारीमा गोरुले जोत्ने प्रचलन कायम छ। पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेको सङ्ख्यामा कमी आउँदा गोरु पाउन कठिन भएको किसान रुद्रप्रसाद शर्माले बताए। 

    प्रकाशित मिति :फाल्गुण १७ २०८० बिहिवार - ११:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij