Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

यी हुन् बढुवामा सिफारिस भएका पाँच सहसचिव र दुइ उपसचिव (सूचीसहित)

यी हुन् बढुवामा सिफारिस भएका पाँच सहसचिव र दुइ उपसचिव (सूचीसहित)


  • 7.1K
    Shares

    यी हुन्  बढुवामा सिफारिस  भएका पाँच सहसचिव र दुइ उपसचिव (सूचीसहित)

    काठमाडौँ । सरकारले पाँच सहसचिव र दुइ उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले सहसचिवमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा र उपसचिवमा कार्यक्षमताको आधारमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

    बढुवा समितिको सचिवालय समेत रहेको मन्त्रालयको बढुवा शाखाका अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा सहसचिवमा बढुवा हुनेमा नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह र सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहमा दुइ-दुइ जना र नेपाल इन्जिनियरिङ समूह, हाइवेको एक जना रहेका छन् ।

    1.jpg

    2.webp

    3.jpg

    कार्यक्षमताकै आधारमा उपसचिवमा नेपाल विविध सेवा अन्तरगत प्रमुख महिला विकास अधिकृतमा पनि एक जना बढुवा भएका छन् ।

    4.jpg

     

    समितिले सिफारिस गरेपछि बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना जारी गरिसकेको छ । कसैले उजुरी नगरे उनिहरुको नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।

     

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १६:२८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij