Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रपतिको निम्ता मान्न नेपाल र खनाल नजाने, नजाने भनेका प्रचण्ड किन भए जान राजी ?

राष्ट्रपतिको निम्ता मान्न नेपाल र खनाल नजाने, नजाने भनेका प्रचण्ड किन भए जान राजी ?


  • 6.6K
    Shares

    राष्ट्रपतिको निम्ता मान्न नेपाल र खनाल नजाने, नजाने भनेका प्रचण्ड किन भए जान राजी ?

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले ४ बजेका  लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री द्वय झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन्। 

    राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु समेतलाई सर्वदलीय बैठकमा बोलाएकी छन् ।

    नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले चैत ४ र ५ गते आफूपक्षीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएकाले त्यसकै तयारीमा व्यस्त भएर सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने जनाएका छन् ।

    ‘चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको छ, त्यसमा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्नुपर्ने हुन्छ,’  नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले भने , ‘त्यसको तयारी गर्नुपर्ने भएकाले माधव नेपाल सर्वदलीय बैठकमा सहभागी हुनुहुन्न ।’

    अर्का नेता झलनाथ खनाल पनि अगुवा कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकाले सर्वदलीय बैठकमा नजाने बताए । यस अघि प्रचण्ड नजाने भने पनि अन्तिममा जाने भएको श्रोतले बतायो। 

    यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने जाने भएका छन् । नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू र अध्यक्ष प्रचण्ड बैठकमा सहभागी हुने बताए । जसपा नेपाल पनि उक्त बैठकमा सहभागी हुने भएको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १६:०५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij