Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

४० होइन ५० काटेसी रमाएका मुख्यमन्त्री राई ओलीको चियापान बंक गर्दै जब ससुराली पुगे 

४० होइन ५० काटेसी रमाएका मुख्यमन्त्री राई ओलीको चियापान बंक गर्दै जब ससुराली पुगे 


  • 10.2K
    Shares

    ४० होइन ५० काटेसी रमाएका मुख्यमन्त्री राई ओलीको चियापान बंक गर्दै जब ससुराली पुगे 
    images

    काठमाडौँ ।  २६ वर्षमा अर्थात बेहुलो बन्ने उमेरमा सांसद बनेका नेकपा एमालेको नेता समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाह बन्धनमा बाँधिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर आज बिहान सबेरै ससुराली संखुवासभा पुगेका हुन् । 

    राई दम्पत्ति हेलिकप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ । राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो,धेरै खुशी लाग्यो !’, उनले लेखेकी छन् ।

    आफूहरु हेलिकप्टर लिएर पुगेका उनीहरुले गाउँको विकास नभएकोमा दुखेसो गरेका छन्। शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत,शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!!! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !!!’

    4444.jpg

    प्रधानमन्त्री ओलीनिकट भएकै कारण आफूभन्दा सिनियरलाई पछि पारेर मुख्यमन्त्री बनेका राई अविवाहित थिए । ५० वर्ष पुगेका राईले केही समयअघि भर्खर २५ वर्ष पुगेकी शेर्पासंग तामझामका साथ् विवाह गरेका थिए । उनको विवाह समारोहमा देखिएको तामझामप्रति धेरैले आलोचना पनि गरेका थिए । वालुवाटारमा प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान बंक गरेर राई ससुराली पुगेका हुन्  ।

    222.jpg

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १५:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij