Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अस्ट्रेलियामा चीनविरुद्ध ठूलो अन्तरद्वन्द्व सिर्जना, सबै चिनियाँ नागरिकलाई दिए यस्तो धम्की

अस्ट्रेलियामा चीनविरुद्ध ठूलो अन्तरद्वन्द्व सिर्जना, सबै चिनियाँ नागरिकलाई दिए यस्तो धम्की


  • 11.7K
    Shares

    अस्ट्रेलियामा चीनविरुद्ध ठूलो अन्तरद्वन्द्व सिर्जना,  सबै चिनियाँ नागरिकलाई दिए यस्तो धम्की
    images

    पछिल्लो समय चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा ठूलो तनाव सिर्जना भएको छ । कोरोना महामारीपछि अस्ट्रेलिया र चीनबीच ठूलो अन्तरद्वन्द्व सिर्जना भएको छ । 

    चीनमा रहेका अस्ट्रेलियन नागरिकहरुमाथि आक्रमण गर्ने र अस्ट्रेलियामा रहेका चिनियाँ नागरिकहरुमाथि पनि दमन गर्ने क्रम बढेको छ । एशियाली काउन्सिलहरूलाई पठाइएको धम्कीपूर्ण पत्रहरू र महामारीको क्रममा फैलिएको घृणाका कारण आक्रमणका घटनाक बढेको बताइएको छ।

    काउन्सलर कुन हुआंगले सोमबार उक्त पत्र प्राप्त गरेका छन् । उक्त पत्रमा अपमान, मृत्युको धम्की, कोभिड-१९ महामारी फैलाएको दोषलगायतका आरोपहरु लगाएर चिनियाँहरुमाथि आक्रमणको त्रास भएको उल्लेख गरिएको छ ।

    सिड्नी सहरका पार्षद क्रेग चुंग, जर्जस नदी काउन्सिलका पार्षद क्रिस्टिना वू र अर्का स्थानीय पार्षदले यस्तै पत्रहरू प्राप्त गरेको स्वीकार गरेका छन् । चिनियाँहरुलाई अस्ट्रेलियामा अवैध गतिविधिहरु सञ्‍चालन गरेको, रोग फैलाउने काम गरेको आरोप लगाउन थालिएको छ । चीन सरकारले पनि अस्ट्रेलियामा रहेका आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी सार्वजनिक गरेको छ ।

    ह्वाङलाई पठाइएको नोटले उनलाई र 'सबै चिनियाँ जनता'लाई ज्यान मार्ने धम्की दिएकोले न्यू साउथ वेल्स प्रहरीलाई जानकारी गराइएको र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको पाइएको छ । 

    कोभिड महामारीको बेला अष्ट्रेलियामा चिनियाँ विरोधी र एसिया विरोधी भावनामा बढेको यो तथ्यांकले भर्खरको विचलित पार्ने घटना भएको बताइएको छ । नोभेम्बर २०२० मा ४४ प्रतिशत उत्तरदाताहरूले चिनियाँ अष्ट्रेलियालीहरूप्रतिको 'नकारात्मक' वा 'केही नकारात्मक' भावना रहेको बताएका थिए ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १४:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij