Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

विप्लबका चार कम्पनी जनसेना अझै पनि अभ्यासमा, विप्लब संग अझै यस्ता छन् अत्याधुनिक हतियार 

विप्लबका चार कम्पनी जनसेना अझै पनि अभ्यासमा, विप्लब संग अझै यस्ता छन् अत्याधुनिक हतियार 


  • 38.2K
    Shares

    विप्लबका चार कम्पनी जनसेना अझै पनि अभ्यासमा, विप्लब संग अझै यस्ता छन् अत्याधुनिक हतियार 

    काठमाडौं । ०७६ जेठ १३ गते प्रतिनिधि सभा बैठकमा गृह मन्त्री रामबहादुर थापाले ‘बादल’ ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको खुलासा गरेका थिए । 

    उनले बैठकमा भनेका थिए,“नेकपा विप्लव भन्ने समूहले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्था उनीहरुले गठन गरेका छन् । जनसेनाको रुपमा उनीहरुले चार कम्पनी अहिले निर्माण गरेका छन् । र यी सबै गतिविधीहरुको नेतृत्व गर्नका लागि उनीहरुले नेकपा भन्ने नामको पार्टी पनि गठन गरेका छन् ।”

    गृह मन्त्री थापाले केही वर्षदेखि यता उनीहरुले सशस्त्र गतिविधिहरु, गैर कानुनी गतिविधिहरु सञ्चालन गर्दै आइरहेको र उनीहरुको मुख्य निसाना उपत्यका भएको दाबी गरेका थिए । 

    यसबीचमा ०७७ फागुन २१ मा सरकार र नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । 

    सो समूह शान्ति प्रक्रियामा आएको छ । ०७५ फागुन २८ मा गृह मन्त्री थापाकै प्रस्तावमा विप्लव समूहमाथि प्रतिबन्ध लागेको थियो । अहिले प्रतिबन्ध फुकाएर वार्ता पनि थापाकै नेतृत्वमा भएको थियो । सरकारसँगको सहमतिपछि विप्लव सार्वजनिक भएका थिए ।

    तीनबुँदे सहमतिमा प्रतिबन्ध खारेज, नेता–कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएका मुद्दा खारेजी गर्ने उल्लेख छ । तर हिसांत्मक बाटोमा हिँडेको विप्लव समूहका हतियार र गृह मन्त्री आफैँले भनेका जनसेनाबारे सरकार मौन देखिएको छ । सुरक्षा निकायले पनि विप्लव समूहसँग सैन्य दस्ता र हतियार रहेको दाबी अझै गर्दै आएका छन् । 

    वार्ताका क्रममा हतियार र सैन्य दस्ताको विषय नसमेटिएको भन्दै सुरक्षा निकाय असन्तृष्ट देखिन्छन् । सुरक्षा निकायहरुले पूर्वमाओवादी लडाकु र केही नयाँ युवासमेत मिलाएर सैन्य तालिम दिएको दाबी गर्दै आएका थिए । र अझै पनि विप्लबका ती जनसेना अभ्यामै रहेको श्रोतको भनाई छ। 

    प्रहरीले ०७६  मंसिर १ गते दाङ र कपिलवस्तुको सीमावर्ती क्षेत्रबाट अत्याधुनिक हतियार बरामद गरेको थियो । कपिलवस्तुको शिवनगरबाट पाँच थान एसएमजी राइफल, म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद भएका थिए ।

    मोरङबाट समेत स्वचालित हतियारसहित विप्लव समूहका एकजना पक्राउ परेका थिए । 

    विप्लव समूहसँग तत्कालीन माओवादी जनयुद्धकालीन समयमा लुकाएका एम–१६, एसएमजी, एके–४७ जस्ता अत्याधुनिक हतियार रहेको सुरक्षा निकायहरुको दाबी छ । 

    यस्तै सुनसरीबाट विप्लव नेतृत्वको नेकपाकै एकजना नेता नेपाली सेनाले प्रयोग गर्दै आएको अत्यधुनिक हतियारसहित पक्राउ परेका थिए । 

    पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय संगीत भनिने देवकुमार लिम्बू थिए । 

    लिम्बूको साथबाट प्रहरीले एलएमजी र एम–१६ हतियार बरामद भएको थियो । एलएमजी हतियार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष कार्यदलले प्रयोग गर्दै आएको छ भने एम–१६ नेपाली सेनाले मात्रै प्रयोग गर्ने गरेको छ ।

    देशका विभिन्न स्थानबाट दर्जनौं साना ठूला हतियारसहित विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका थिए । केही संचार माध्यम लाई  विप्लव समूहले सैन्य अभ्यास गराउँदा हतियारबारे पढाइने नोट नै प्राप्त भएको थियो । 

    हतियार र जनसेनाबारेको प्रसंग नै सहमतिमा उल्लेख नगर्दा विप्लव समूहबाट खतराको घण्टी बजिरहने एक सुरक्षा अधिकारीले  बताए ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १४:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij