२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।
केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij