Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै

माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै


  • 2.5K
    Shares

    माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै

    काठमाडौँ । विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र पारित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । 

    काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि १३ वटा समूहबाट प्राप्त सुझावहरू प्रस्तुत भएका छन् भने बिहीबार बाँकी रहेका ७ वटा समूहका निष्कर्ष र सुझावहरू प्रस्तुत गर्ने कार्यसूची छ । 

    त्यसपछि विधान संशोधनका प्रस्तावहरू पारित गर्दै बिहीबारै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । मंगलबारदेखि सुरु भएको अधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले विधानमा संशोधनसहितको प्रस्ताव पेश गरेका थिए । 

    सो प्रस्तावमाथि सुझाव राख्ने क्रममा नेताहरूले पार्टीको विधानमा संशोधन गर्दा पार्टीको नाम र निर्वाचन चिन्ह नै फेर्नुपर्ने सम्मको सुझाव दिएका छन् । अधिवेशनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ । 

    सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जन वर्गीय संगठनका पदाधिकारीहरू सहभागी छन् । 

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - १०:३४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij