Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दोस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मीको जीवन बीमाकोषको आकार १६.३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

दोस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मीको जीवन बीमाकोषको आकार १६.३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.6K
    Shares

    दोस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मीको जीवन बीमाकोषको आकार १६.३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

    काठमाडौा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमाससम्ममा १७ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४ अर्ब २९ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १७ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३६.१० प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यता, पुष मसान्तसम्ममा कम्पनीले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यस्तै, चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा ८ करोड ३० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ । 

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ३२ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १६.३३ प्रतिशतले वृद्धि भएर ८ अर्ब ५१ करोड पुगेको छ ।

    कम्पनीले यस अवधिमा १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०२।३८ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले २३ करोड ८ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ७० लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ८.२१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२०.१० रुपैयाँ रहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २ २०८० बुधवार - ०८:०१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij