२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । प्रहरीको (नायव निरीक्षक) सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँद छन्।
उनलाई प्रहरी वृत्त थानकोटले सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। साउँदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। उनले आफू सई भएको परिचय दिँदै दैलेख नारायणनगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
ठगीको उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij