Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अस्ट्रेलियाका ४० भन्दा बढी सहरमा यौन दुर्व्यवहार र महिला हिंसाविरुद्ध प्रदर्शन

अस्ट्रेलियाका ४० भन्दा बढी सहरमा यौन दुर्व्यवहार र महिला हिंसाविरुद्ध प्रदर्शन


  • 6.2K
    Shares

    अस्ट्रेलियाका ४० भन्दा बढी सहरमा यौन दुर्व्यवहार र महिला हिंसाविरुद्ध प्रदर्शन
    images

    अस्ट्रेलियामा यौन दुर्व्यवहार र महिला हिंसाको विरोधमा हजारौं मानिसहरु सडकमा उत्रिएका छन् । अस्ट्रेलियाका शीर्ष अधिकारीमाथि यौन दुर्व्यवहारको आरोप लागेसँगै यौन दुर्व्यवहारविरुद्ध ठूलो र्‍याली निस्किएको हो। 

    ‘मार्च ४ जस्टिस’को नाममा सुरु गरिएको विरोध र्‍याली सोमबार अपराह्न सिड्नी र मेलबोर्नसहितका अस्ट्रेलियाका ४० भन्दा बढी सहरमा निस्किएको थियो। आयोजकहरूका अनुसार यो महिलाहरूको सबैभन्दा ठूलो विद्रोह हो।

    धेरै सहभागीहरूले प्लेकार्ड बोकेका थिए र कालो पोशाक लगाएका थिए। मेलबोर्नमा प्रदर्शनकारीहरूले लामो ब्यानर बोकेका थिए, जुन बितेको दशकमा महिला हिंसाका घटनामा मारिएका महिलाको नाम सूचीबद्ध गरिएको थियो।

    एकसाताअघि अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले बलात्कार आरोपको एक आरोपी आफू पनि रहेको खुलासा गरेका थिए। तर, घटनमा सन् १९८८ को भएको भन्दै उनले आफूमाथिको आरोप अस्वीकार गरेका थिए।

    अर्को पूर्व राजनीतिक सल्लाहकार ब्रिटानी हिग्गिङ्सले सन् २०१९ मा मन्त्रीको कार्यालयमा सहकर्मीले आफ्नो बलात्कार गरेको बताएकी थिइन्। उनले आफूमाथिको घटनाबारे मुख खोलेसँगै अस्ट्रेलियामा यौन हिंसाबारे मुख खोल्नेको लहर देखिएको हो। 

    संसद भवन बाहिर हजारौं आन्दोलनकारीहरुसँग कुराकानी गर्दै हिग्गिङ्स भनिन्, ‘अष्ट्रेलियामा महिलाले भोगेका यौन हिंसाको अवस्था डरलाग्दो छ। यस्तो घटना मन्त्री कार्यालयमा हुन सक्छ भने यो वास्तवमै कहीँ पनि हुन सक्छ।’

    अस्ट्रेलियाको सरकारले यौन दुर्व्यवहारको मुद्दालाई गम्भीरतापूर्वक नलिएको भन्दै र्‍यालीमा सहभागी मानिसहरुले सरकारको आलोचना गरेका छन्। एजेन्सी

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १७:०६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij