Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

"जिन्दगी"

"जिन्दगी"


  • 20.3K
    Shares

    "जिन्दगी"

    आफ्नै जीवनको अधुरो कहानी भयो ।
    सजाएका सपना सबै खरानी भयो ।।

    टुटेको यो जिन्दगी पुनः जोड्न खोज्दा ।
    जोड्ने रसायन पनि मेल नखानी भयो ।।

    भोलिको निम्ति भन्दै पसिना पोखिरहेँ ।
    बालुवामा पानी खनाए झैँ भयो ।।
     
    यसो गरे हुन्छ उसो गरे हुन्छ भन्दै भौतारिरहेँ ।
    उल्टै आरोप लगाई दैव मेरै खोट भयो ।।

    आज नभए भोलि होला भन्दा भन्दै।
    केही पत्तो नपाई आधा जवानी भयो ।।

    काँडैकाँडा पन्छाई चढ्दै थिए जिन्दगीका रूखहरू। 
    चढ्दै गर्दा टुप्पोमा नपुग्दै जरैदेखि उखेलिदियो ।।

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १२:१४:४१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij