बुटवल । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र साडे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।
नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए ।
उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।