२०८२ भाद्र ९ गते सोमवार
सुस्तमनस्थिती भएकी आठ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले ६६ वर्षीय वृद्ध पक्राउ गरेर कसुर अनुसन्धान गर्न अदालतमा म्याद थप गराएको छ ।
मोरङको रतुवामाई नगरपालिका ४ का ६६ वर्षीया फौदीलाल मुखियालाई स्थानीय ८ वर्षीया बौद्धिक अपांगता भएकी बालिका बलात्कार आरोपमा इलाका प्रहरी सिँजुवाले पक्राउ गरेर जवर्जस्ती करणी कसुर अनुसन्धान गर्न जिल्ला अदालत मोरङमा आइतबार म्याद थप गराएको हो ।
प्रहरीका अनुसार वद्ध फौदीलालले पशु चराउदै गरेकी राम्ररी बोल्न नसक्ने ८ वर्षीया बालिकालाई २८ फागुनमा मुख थुनेर बलात्कार गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij