Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

समस्याग्रस्त ९ सहकारीको अनुगमन राष्ट्र बैंकबाट हुने

समस्याग्रस्त ९ सहकारीको अनुगमन राष्ट्र बैंकबाट हुने


  • 2.9K
    Shares

    समस्याग्रस्त ९ सहकारीको अनुगमन राष्ट्र बैंकबाट हुने

    काठमाडौँ । संघीय सरकारमातहतका सहकारीको अनुगमन निरीक्षणका लागि मन्त्रालयले केन्द्रीय बैंकलाई सिफारिस गरेको  छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त ९ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको हो।

    मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन गर्न मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेको हो । 

    समस्याग्रस्त अवस्थाका रहेको सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस मन्त्रालयका एक अधिकारीले बताए।

    प्रकाशित मिति :माघ १४ २०८० आइतवार - १३:२६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij