Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

संखुवासभामा सामूहिक हत्या प्रकरणका फरार अभियुक्त २० वर्षपछि पक्राउ

संखुवासभामा सामूहिक हत्या प्रकरणका फरार अभियुक्त २० वर्षपछि पक्राउ


  • 2.5K
    Shares

    संखुवासभामा सामूहिक हत्या प्रकरणका फरार अभियुक्त २० वर्षपछि पक्राउ

    विराटनगर । २० वर्षअघि संखुवासभामा भएको दुई जनाको सामूहिक हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

    संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या  प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिका- की ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

    आठ जना मिलेर दुई जना पुरुषको सामूहिक हत्या गरेको जाहेरी परेको थियो । घटनामा संलग्न तामाङलाई अदालतले २०६६ साल फागुन १२ गते २० वर्षको कैद सजायको फैसला सुनाएको थियो । उनी फरार रहँदै आएकी थिइन् ।

    संखुवासभाको साविकको शिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते हत्या भएको थियो । खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा उनीहरुको हत्या भएको थियो ।

    घटनामा कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे तामाङ, गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङविरुद्ध मुद्दा चलेको थियो । उनीहरु एकै परिवारका हुन् ।

     

    प्रकाशित मिति :माघ १२ २०८० शुक्रवार - १६:११:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij