Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गोइतले बम हानेर घाइते भएकालाई काठमाडौं ल्याइयो, कहाँ हुँदैछ उपचार ?

गोइतले बम हानेर घाइते भएकालाई काठमाडौं ल्याइयो, कहाँ हुँदैछ उपचार ?


  • 7.4K
    Shares

    गोइतले बम हानेर घाइते भएकालाई काठमाडौं ल्याइयो, कहाँ हुँदैछ उपचार ?

    काठमाडौं। सिराहाको लाहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विष्फोटमा घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

    सिराहको धनगडीमाई नगरपालिका ४ का ३५ वर्षीय दिनेश भण्डारीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

    आइतबार दिउँसो मालपोत कार्यालयमा विष्फोट हुँदा ८ जना घाइते भएको सिराहका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए। घाइते मध्ये नासु शिवकुमार यादवलाई विराटनगर पठाइएको छ।

    अन्य घाइतेको लाहानमै उपचार भइरहेको छ। प्रहरीले सो विष्फोट जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले गराएको आशंका गरेको छ। घटनास्थलमा गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १६:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij