२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेल पक्राउ परेका छन् ।
गैर कानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाएसँगै भागेका पौडेलद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार पक्राउ गरेको हो । विकल १ः २० को टर्किस एयरको फ्लाइटबाट त्रिभुवन विमानस्थलमा उत्रिएसँगै आयोगको टोलीले पक्राउ गरेको स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
यसअघि दुवै जनामाथि भ्रष्टाचार मुद्दा दायर भइसकेको अवस्थामा गैर कानुनी सम्पत्ति आर्जनको उजुरीसमेत परेसँगै बयानका लागि बोलाइएको थियो । उनीहरू लुकेर बसेसँगै अख्तियारको निगरानीमा थिए । पछिल्लो पटक विमानस्थलबाट पक्राउ गर्न खोजे पनि फुत्किएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij