Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

धुँईपाताल खोजी गर्दा पनि फेला नपरेपछि गच्छदारको घरमा अदालतले टाँस्यो यस्तो सुचना 

धुँईपाताल खोजी गर्दा पनि फेला नपरेपछि गच्छदारको घरमा अदालतले टाँस्यो यस्तो सुचना 


  • 6.6K
    Shares

    धुँईपाताल खोजी गर्दा पनि फेला नपरेपछि गच्छदारको घरमा अदालतले टाँस्यो यस्तो सुचना 

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सम्पर्कमा नआएपछि विशेष अदालतले मोरङस्थित उनको निवासमा म्याद तामेल गरेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई अदालतमा उपस्थित हुन भने पनि उनी सम्पर्कमा नआएको विशेष अदालतले जनाएको छ ।

    विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार फेला नपरेपछि उनको मोरङस्थित घरमै म्याद तामेद गरिएको जानकारी दिए । गएको फागुन २३ गते विशेष अदालतले ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । तर, गच्छदार अदालतको सम्पर्कमा नआएको प्रवक्ता पाण्डेयले जानकारी दिए । सो प्रकरणमा उपप्रधानमन्त्री रहेका बेला गच्छदार मुछिएका हुन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । भ्रष्टाचारकान्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उनी केही समययता पार्टी कार्यक्रममा पनि देखिएका छैनन् ।

    उक्त मुद्दामा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भइसकेका छन् । पूर्वमन्त्री छविराजसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा पठाइएका छन् । मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर छुटेका छन् । अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा १७५ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १६:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij