२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा १४.३१ प्रतिशतले घटेर ८६ करोडमा खुम्चिएको छ।
गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ करोड १८ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ।यस्तै सञ्चालन आम्दानी ५.०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड ३५ लाख १७ हजार रुपैयाँ छ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ छ।बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij