Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

वाणिज्य बैंकहरूको नाफा झन्डै १० प्रतिशत घट्यो, कुनले कति कमाए?

वाणिज्य बैंकहरूको नाफा झन्डै १० प्रतिशत घट्यो, कुनले कति कमाए?


  • 3.0K
    Shares

    वाणिज्य बैंकहरूको नाफा झन्डै १० प्रतिशत घट्यो, कुनले कति कमाए?
    images

    काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा घटेको छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशत घटेको हो ।

    पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत वर्षको पुसमा बैंकहरूले ३१ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा ९.९४ प्रतिशत अर्थात् ३ अर्ब १७ करोड रुपैयाँ घटेको हो ।

    चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकहरूको वित्तीय विवरण नकारात्मक रहेकाले सेयरधनीहरूलाई निराश बनाएको छ । तीन वटा बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफा घटेको छ । हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंकको नाफा गत वर्षको तुलनामा बढेको देखिन्छ ।

    हिमालयन बैंकको ५७.५३ प्रतिशत बढेर १ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको ३२.१३ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेका छन् ।

    यस अवधिमा बसैभन्दा धेरै नाफा नेपाल बैंकको घटेको छ । नेपाल बैंकको ४९.६० प्रतिशत घटेर ५९ करोड रुपैयाँ नाफा गरेको छ भने कृषि विकास बैंकको नाफा धनात्मक छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १.६६ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २.१५ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नबिल बैंकको ६.२७ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ, सिटिजन्स बैंकको ६.५९ प्रतिशत घटेर ७८ करोड २७ लाख रुपैयाँ नाफा गरेका छन् ।

    यस्तै, सानिमा बैंकको ११.४१ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.६२ प्रतिशत घटेर १ अर्ब ८० करोड रुपैयाँ, कुमारी बैंकको १४.३१ प्रतिशत घटेर ८६ करोड ७२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २१.४६ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २५.६८ प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ नाफा गरेका हुन् ।

    यस्तै, ग्लोबल आइएमई बैंकको २६.५६ प्रतिशत घटेर २ अर्ब ४ करोड रुपैयाँ, एनएमबि बैंकको २७.६२ प्रतिशत घटेर १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २८.६२ प्रतिशत घटेर ८४ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकको ३९.९६ प्रतिशत घटेर ७२ करोड ३ लाख रुपैयाँ, नआइसी एशिया बैंकको ४१.८३ प्रतिशत घटेर १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका हुन् ।

    तथ्याङ्कमा हेरौं कुन बैंकको नाफा कति?

    bank.jpg

    प्रकाशित मिति :माघ ७ २०८० आइतवार - १४:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij