Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइन्छ : प्रधानमन्त्री

टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइन्छ : प्रधानमन्त्री


  • 2.2K
    Shares

    टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइन्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी काम छिट्टै अघि बढने बताएका छन् ।

    असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगाण्डाबाट आज स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढ्ने बताएका हुन् । उनले संसदको हिउँदे अधिवेशनबाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने स्पष्ट पारे ।

    प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे । उनले भने, ‘आफूले टार्गेट दिएर मन्त्रीहरूलाई काममा लगाएको र पूरा नगरे राम्रो हुँदैन भनिसकेको छु ।’

    प्रकाशित मिति :माघ ७ २०८० आइतवार - ११:२४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij