Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा १३.६३ प्रतिशतले घट्यो

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा १३.६३ प्रतिशतले घट्यो


  • 2.3K
    Shares

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा १३.६३ प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १३.६३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकले समीक्षा अवधिसम्म ३ अर्ब २ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ९८ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १.४१ प्रतिशतले बढेको छ।

    यस्तै, ६ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि ८०.२० प्रतिशतले बढेर ७ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १८ करोड रुपैयाँ थियो।

    दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) बढेर ४.७५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.७१ प्रतिशत थियो। खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ८६ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले ६० करोड ८३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

    चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ९.३ प्रतिशतले बढेर २६ अर्ब ७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २३ अर्ब ८९ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १०.५६ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १२.२३ रुपैयाँ थियो। पीई रेसियो १६.६४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७०.६८ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :माघ ७ २०८० आइतवार - १०:०९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij