Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

हिमालयन बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.2K
    Shares

    हिमालयन बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

    बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत वर्षको यसै अवधिमा भन्दा ५७.५३ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, सञ्चालन नाफा पनि १ अर्ब ३८ करोडबाट बढेर २ अर्ब २१ करोड पुगेको छ । 

    खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यस बैंकको खुद नाफा बढेको हो । यसको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ४९ करोडबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । 

    बैंकको खराब कर्जा दर ३.७७ प्रतिशत विन्दुबाट बढेर ४.९५ प्रतिशतमा पुगेको छ । हाल यसको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ जम्मा रहेको छ ।

    हिमालयन बैंकको प्रतिसेयर आम्दानी २६ पैसाले बढेर १३.८९ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।

    प्रकाशित मिति :माघ ७ २०८० आइतवार - १०:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij