२०८२ भाद्र ३ गते मंगलवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। माया प्रेममा नजिक हुने समय रहेकोछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नुका साथै जिम्मेवारी बढ्नेछ। नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । शरीरमा थकान महसुस हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij